|

संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले आज बोल्दै संयुक्त राष्ट्र संघ तथा सम्पूर्ण अन्तर्राष्ट्रिय समाजले चिनियाँ जनताहरुले गरेको भूकम्पको उद्धार कार्यलाई सहायता दिने कुरा व्यक्त गर्नुभयो।
राष्ट्र संघका महासचिव बान कि मुनले आज चीनको स छ्वान प्रान्तको वन छ्वान जिल्लामा गएको भूकम्पबाट गम्भिर रुपमा प्रभावित क्षेत्र यिंग श्यु गाउंमा हाम्रा सम्वाददातासँग कुराकानी गर्दै उक्त कुरा वताउनुभएको हो। सो भूकम्पमा चिनियाँ जनताले आफ्नो परिवार हराएको कुराप्रति संयुक्त राष्ट्र संघलाई निकै शोक लागेको छ भन्दै श्री बान कि मुनले संयुक्त राष्ट्र संघ तथा सम्पूर्ण विश्वका जनताले चिनियाँ जनतालाई सक्दो सहायता दिने कुरामा जोड दिनुभयो।

यसै बीच संयुक्त राष्ट्र संघले भूकम्पग्रस्त क्षेत्रको परिस्थितिको मूल्यांकन गर्नुका साथै भूकम्पग्रस्त क्षेत्रको पुन:निर्माणलाई सहायता दिनका लागि ठोस योजना तर्जुमा गर्ने कुरा पनि श्री बान कि मुनले वताउनुभयो।
|