आज मध्यान्ह बाह्र बजेसम्म स छ्वान प्रान्तको वन छ्वान जिल्लामा गएको भूकम्पमा परी साठी हजार पाँच सय साठी जनाको मृत्यु भएको छ भने छबीस हजार दुइ सय एकाइस मानिसहरु बेपत्ता भएका छन।
चिनियाँ नागरिक मामिला मन्त्रालयका अनुसार, स्वदेश र विदेशले प्रदान गरेका रकम तथा सामग्री चौबीस अरब साठी करोड चिनियाँ युआन स्वीकार गरिएको छ।
चिनियाँ स्वास्थ्य मन्त्रालयका अनुसार, आज मध्यान्ह बाह्र बजेसम्म भूकम्पका कारण घाइते भई अस्पतालमा भर्ना भएका मानिसहरुको कूल संख्या पचहत्तर हजार पुगेकोमा हाल तेइस हजार आठ सयजना अझै अस्पतालमा छन।
चिनियाँ अर्थ मन्त्रालयका अनुसार, आज दिउँसो दुइ बजेसम्म चीनका विभिन्न स्तरीय सरकारले भूकम्पबाट प्रभावित हुनेहरुको उद्धारका लागि कूल पन्ध्र अरब दश करोड चिनियाँ युआन उपलव्ध गराएका छन्।
चिनियाँ राष्ट्रिय विकास तथा सुधार समितिका अनुसार, चीनको स छुआन प्रान्तमा गएको विनाशकारी भूकम्पले गर्दा बिगारिएको चीनको पो ची नगरदेखि स छुआन प्रान्तको राजधानी छन तु नगरसम्मको रेल-लाइनमा रहेको एक सय नौ नम्बर सुरुङ्ग मर्मत गरिएपछि आज चौबीस तारिखका दिन खुला भएर उक्त रेल-लाइन पुनः संचालनमा आएको छ।
|