
हिजो तेईस तारिख साँझ चीनका राष्ट्राध्यक्ष हु चिन थाउले रुसी राष्ट्रपति दमिथ्री मेदभेदेभको साथमा चीनको जन वृहत सभा भवनमा स छुआनमा गएको भूकम्पबाट प्रभावित क्षेत्रको उद्धार कार्यमा सहभागी रुसी टोलीका प्रतिनिहरुसित भेटघाट गर्नुभएको छ।
उक्त अवसरमा श्री हुले रुसी उद्धार टोलीले थकाइ र खतराको वास्ता नगरी तन मन धन लगाइ उद्धार-कार्यमा संलग्न भएर एक सय सत्ताईस घण्टासम्म पुरिएर रहेकी एक जना चिनियाँ महिलालाई बचाएका थियो। उक्त रुसी उद्धार टोलीले मानवतावादी महान सिद्धान्तको मात्र नभई चीनका जनताहरुप्रति रुसी जनताहरुको मैत्रीपूर्ण भावनाको पनि प्रतिबिम्बित गर्दै आएको कुरा बताउनुभयो। श्री हुले चिनियाँहरुको तर्फबाट उनीहरुलाई मुरी मुरी धन्यवाद व्यक्त गर्नुभयो।
|