china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
     हु चिंग थाउका अनुसारः प्रकोपबाट पीडित सर्वसाधारणको बन्दोबस्त मिलाउनु भूइँचालोको प्रतिरोध र उद्धारका लागि सबैभन्दा महत्वपूर्ण कार्यभार
    (GMT+08:00) 2008-05-25 19:33:49    

             चीनका राष्ट्राध्यक्ष हु चिंग थाउले आज प्रकोपबाट पीडित सर्वसाधारणको बन्दोबस्त मिलाउनु हाल भूइँचालोको प्रतिरोध र उद्धारका लागि सबैभन्दा महत्वपूर्ण कार्यभार बनेको कुरा बताउनुभयो। प्रकोपग्रस्त क्षेत्रका जनता आफ्नो थातथलोको पुनर्निर्माण गर्नका लागि आफ्नो शक्ति प्रदान गर्नका लागि उहाँले संक्रमणकालीन घरको उत्पादन र जडान गर्ने कार्यभार बेहोर्ने व्यवसायहरुले आफ्नो उत्पादनलाई तीव्र गर्ने आशा व्यक्त गर्नुभयो।

             हालसम्म राम्रो बन्दोबस्त मिलाउनुपर्ने स व्छान् प्रान्तको वन् व्छान् जिल्लामा गएको भूइँचालोबाट प्रभावित सर्वसाधारणको संख्या एक करोड चालीस लाखभन्दा बढी पुगेको छ। चीन सरकारले प्रकोपग्रस्त क्षेत्रका लागि प्रशस्त पाल पठाउनुका साथै प्रकोपग्रस्त क्षेत्रका लागि दश लाख सेटदार संक्रमणकालीन घर बनाउनका लागि विशेष रकम पनि जुटाउने निर्णय गरेको छ।

            तीन दिनअघि च च्यांग प्रान्तको हु चौ शहरमा पालको उत्पादनसम्बन्धी अवस्थाको निरीक्षण गर्नुभएपछि आज हु चिंग थाउले ह पै प्रान्तको लान् फांग पुगेर संक्रमणकालीन घर बनाउने अवस्थाको स्थलगत निरीक्षण गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040