चीनको राज्य परिषद् अन्तर्गतको प्रेस कार्यलयबाट आयोजित पत्रकार सम्मेलनबाट हाम्रा सम्वाददाताले जानकारी लिएअनुसार, आज मध्यान्ह बाह्र बजेसम्म स व्छान् प्रान्तको वन् व्छान् जिल्लामा गएको भूइँचालोबाट बयसट्ठी हजार छ सय चौसट्ठीजनाको मृत्यु हुनुका साथै झण्डै तीन लाख साठी हजार मानिस घाइते भएका छन् र तेइस हजार सात सय पचहत्तरजना अझै बेपत्ता भएका छन।
चौबीस तारिख राति बाह्र बजेसम्म उद्धारकर्ताहरुले बचाएका र सारेका मानिसहरुको संख्या छ लाख अठतिस हजार पुगेको छ र भग्नावशेषबाट निकालेर बचाइएका मानिसहरुको संख्या छ हजार पाँच सय सैत्तीस पुगेको छ।
आज मध्यान्ह बाह्र बजेसम्म भूइँचालोले घाइते भएर अस्पतालमा उपचार गर्नेहरुको संख्या बयासी हजार नौ सय पुगेको छ र अस्पतालमा मरेकाहरुको संख्या तीन हजार पाँच सय पन्ध्र पुगेको छ। र हाल अझ अठार हजार जति मानिसहरु उपचारका लागि अस्पतालमै छन ।
यसका अतिरिक्त, आज मध्यान्ह बाह्र बजेसम्म देश-विदेशबाट चन्दास्वरुप प्राप्त माल र रकमको कूल मात्रा उनान्तीस अरब चिनियाँ युआन्भन्दा बढी पुगेको छ। आज दिउँसो दुइ बजेसम्म प्रकोपको प्रतिरोध र उद्धारका लागि विभिन्न स्तरीय सरकारले कूल पन्ध्र अरब चिनियाँ युआन लगाएका छन।
|