
चीनको स्वास्थ्य मन्त्रालयबाट जनाइएअनुसार, हिजो रातिसम्म स्वास्थ्य तथा रोग निवारणसम्बन्धी चीनका विभिन्न क्षेत्र तथा स छ्वानका अधिकांश चिकित्सकहरु स छ्वान प्रान्तका सम्पूर्ण गाउँबस्तीमा पुगिसकेका छन।
आज विहान आठ बजेसम्म चीनको स्वास्थ्य मन्त्रालयले प्रकोप उद्धारका लागि स्वास्थ्य तथा रोग निवारणसम्बन्धी तीन हजार छ सयजनाभन्दा बढी चिकित्सकलाई पठाएको छ। चीनका विभिन्न स्थानबाट जम्मा पारिएका लगभग छसयवटा रोग निवारण गाडी पनि स छ्वानको भूकम्प पिडित क्षेत्रमा गइसकेका छन।
चीनको राज्य परिषद् अन्तर्गत भूकम्प प्रतिरोध र उद्धारसम्बन्धी सामान्य निर्देशनालयको स्वास्थ्य र महामारीको रोकथाम दलका प्रमुख काउ छिआंगले हिजो स्वास्थ्य र महामारीको रोकथाम गर्ने कार्यलाई चौतर्फीरुपमा मजबुत पार्नका लागि स्वास्थ्य र महामारीको रोकथाम गर्ने कार्यकर्ताहरुले भूकम्पबाट ठूलो क्षति भोगेका सबै जिल्ला र गाउँ समेट्नुपर्ने कुरामा पनि जोड दिनुभएको छ।
|