चीनको सामाजिक विज्ञान प्रज्ञा प्रतिष्ठानको बैकिंग अनुसन्धान शालाका शोधकर्ता यी शिआन रुनले पत्रकारसितको अन्तर्वार्तामा बोल्दै स छुआनको वन छुआनमा भएको महाभूकम्पले चीनको अर्थतन्त्रमा ल्याएको नकारात्मक प्रभाव आंशिक र अस्थायी रुपको रहेको छ भन्दै चीनको पूरा अर्थतन्त्रको अवस्थामा यसले प्रभाव पार्नेछैन भन्नुभयो।
श्री यी शिआन रुनले भन्नुभयोः भूईंचालोग्रस्त क्षेत्र अर्थतन्त्र त्यति विकास नभएको चीनको दक्षिण-पश्चिमी क्षेत्रमा रहेको छ। भूईंचालोबाट ल्याइएको नोक्सानी ठूलो भए तापनि त्यसले चीनको कूल आर्थिक परिमाणको तुलनामा चीनको आर्थिक जगलाई हल्लाउन सक्नेछैन। अझ भूईंचालोपछि पुनः निर्माणमा चीनको केन्द्रीय बित्तबाट निकै अनुदान दिइएको कारण कूल गार्हस्थ्य उत्पादन बढाउनका लागि यो एक महत्वपूर्ण कारक तत्व बन्ने सम्भावना छ।
|