चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै छ-पक्षीय वार्तामा चीन पक्षका प्रतिनिधि टोलीका प्रमुख एवम् चीनका परराट्र उपमन्त्री ऊ ता वेइले पैचिंगमा छुट्टाछुट्टैरुपमा उत्तर कोरिया, अमेरिका, दक्षिण कोरिया, जापान ती चार वटा मुलुकका प्रतिनिधि टोलीका प्रमुखसँग भेट-वार्ता गर्नुहुने कुरा बताउनुभयो। वार्ताका अवसरमा उहाँहरुले कोरिया प्रायद्बिपका आणविक समस्यासम्बन्धी छ-पक्षीय वार्तालाई अघि बढाउने विषयबारे पनि छलफल गर्नुहुने कुरा श्री छिन कांगले बताउनुभएको छ।
उहाँकाअनुसार, छ-पक्षीय वार्ताबाट निरन्तररुपमा प्रगति हासिल गर्नसकिने चीनलगायत छ पक्षका साझा आशा छ। त्यसैले विभिन्न पक्षले यसतर्फ प्रयास गर्नुपर्ने कुरा पनि उहाँले बताउनुभयो।
|