चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग कांगले आज पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चीनको भूइंचालोले क्षतिग्रस्त क्षेत्रलाई सहयोग दिएका मुलुक , संगठन र व्यक्तिलाई फेरि एक पल्ट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
छिंग कांगका अनुसार हाल परराष्ट्र मन्त्रालयको तथ्यांकका अनुसार एक सय पच्पन्नवटा मुलुकका सरकार वा गैर सरकारी संघसंस्था तथा दशवटाभन्दा बढी अन्तर्राष्ट्रिय संगठन वा क्षेत्रीय संगठनले चीनप्रति चन्दाका रुपमा रकम प्रदान गर्ने इच्छा व्यक्त गरेका छन् । जुन रकमको कूल परिमाण झण्डै एक अरब नव्वे करोड चिनियां युआन् पुगेको छ । यसका अतिरिक्त चौवन्न वटा मुलुकका सरकार वा गैरसरकारी संघसंस्थाले चीनप्रति सामग्री स्वरुप सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् । जुन सामग्रीको कूल परिमाण वाउन्न करोड चालीस लाख चिनियां युआन् पुगेको छ । तीमध्ये एकतीस वटा मुलुकबाट सहयोग दिएका पन्ध्र करोड दश लाख चिनियां युआन् बराबर चन्दा स्वरुप सामग्री प्रकोपग्रस्त क्षेत्रमा पठाइएका छन् ।
|