
पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योतिलाई आज चीनको पूर्वी भागको नान चिङ्ग शहरमा सफलताका साथ घुमाइएको छ।
नान चिङ्ग शहर ओलम्पिक खेलकुदको पवित्र ज्योतिलाई च्याङ्ग सु प्रान्तमा घुमाइने अन्तिम मुकाम पनि हो। आजै बिहान आठ बजेर बाह्र मिनेट जाँदा ज्योति रिले समारोह नान चिङ्ग ओलम्पिक खेलकुद केन्द्रमा शुरु भएको हो।

जम्मा दुइ सय आठजना ज्योतिवाहकले आजैको ज्योति रिले कार्यक्रममा भाग लिएका छन।
ज्योति रिले कार्यक्रम शुरु हुनुअघि तत्स्थानका व्यक्तिहरुले वन छ्वानको भूकम्पमा परी मरेका मानिसहरुको सम्झनामा मौन धारण गरेका थिए।
|