चीनको नागरिक मामिला सम्बन्धी मन्त्रालयका प्रवक्ता यु चेन ल्यांगले सताइस तारिखका दिन पैचिंगमा बोल्दै प्रकोपको उद्धारका लागि चन्दा स्वरुप प्राप्त रकम र सामानहरुको अवस्था अनुसार जन मामिला सम्बन्धी मन्त्रालयले ती रकम र सामानहरुको प्रयोग सम्बन्धी योजना तय गर्नुका कसाथै ती रकम र सामानहरुको प्रयोग अवस्था बारे अनुगमन र निरिक्षण गर्नेछ ।
श्री यु चेन ल्यांगले भन्नुभयोः अहिलेसम्म पाइएका रकममा निश्चित लक्ष्य निर्धारण गरेर चन्दा प्रदान गरेका रकम चन्दादाताको इच्छा अनुसार छिटो गतिले सम्बन्धीत पक्षलाई पठाइनेछ । लक्षित नगरिएर चन्दाका रकम प्रकोपको मारमा परेका जन साधारणहरुको जीवनयापनमा प्रयोग गरिनुका साथै पुनः निर्माणमा पनि प्रयोग गरिनेछ। विभिन्न क्षेत्रहरुले शुरुमा दिएका रकमलाई स छुआन प्रान्त तथा प्रकोपग्रस्त क्षेत्रमा चाहिने पाल , अस्थायी घर , खानेकुराका लागि प्रयोग गरिएको छ । जन मामिला सम्बन्धी मन्त्रालयले चन्दा प्रदान गरिएका रकमहरु एक अरब चौबिस करोड युआन पटक पटक गरी स छुआन , कान्सु , पल्लो सेन्सी र छुंग छिंगमा पठाइएको छ ।
|