|
चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका अध्यक्ष उ पाङ कोद्बारा स छ्वानको हाङ वाङ, फिङ तोङ आदि ठाँउमा भूकम्प उद्धार कार्यको निर्देशन
हिजो चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका अध्यक्ष उ पाङ कोले स छ्वानको म्येङ चु शहरको हाङ वाङ, फिङ तोङ आदि ठाँउमा भूकम्प उद्धार कार्यको निर्देशन गर्नुभयो।
उहाँले हिजो विहान हाङवाङमा रहेको तोङ फाङ कार एवम् जहाज कारखानामा पुगी नर-नारीको ख्याल-विचार गर्नुभयो।
त्यसपछि उहाँले त याङ शहरको पहिलो जन अस्पतालको पाल टाँगे बनाइएको अस्थाई उपचार केन्द्रमा गएर घाइते भएका जनताहरुलाई ख्याल-विचार गर्नुभयो। दिउँसो उहाँले फिङ उ जिल्लाको फिङ तोङमा पुगी भूकम्प उद्धार कार्यको निर्देशन गर्नुभयो।
हिजो उहाँले म्येङ याङ शहरको छाङ होङ केन्द्रमा पुनःशुरु भएकोको पैइ छ्वान माध्यमिक विद्यालयका छात्रछात्राहरु तथा शिक्षकहरुको ख्याल-विचार गर्नुभयो।
|