चीनको छिमेकी मुलुक नेपालले हिजो संविधान सभाको बैठकबाट नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक बनेको घोषणा गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पैचिङ्गमा बोल्दै नेपाली जनताले आफ्नो देशको अवस्थाबमोजिम छनौट गरेको सामाजिक व्यवस्था तथा विकासको बाटोलाई चीनले सम्मान गरेको कुरा बताउनुभयो।
प्रवक्ता छिन काङ्गले आजै आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। नेपालको असल छिमेकी तथा मित्रको हैसियतले चीनले नेपालको शान्ति प्रक्रिया सुचारु रुपमा अघि बढ्नुका साथै राजनैतिक स्थिरता तथा आर्थिक विकासलाई पनि साकार तुल्याउनसक्ने आशा गरेको कुरा पनि प्रवक्ता छिन काङ्गले औंल्याउनुभयो।
|