चीनका परराष्ट्र मन्त्री यां चे छ्को निमन्त्रणामा भारतका परराष्ट्र मन्त्री प्रणव मुखर्जीले जून चार तारीखदेखि सात तारीखसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ । भारतका परराष्ट्र मन्त्री बनेपछि मुखर्जीले चीनको भ्रमण गर्नुहुने यो पहिलो हो ।
आज आयोजित पत्रकार सम्मेलनमा चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग कांगले बोल्दै उक्त भ्रमणताका चीन र भारतका परराष्ट्र मन्त्रीका बीच भेटवार्ता गर्ने , चीनका नेतागणले पनि मुखर्जीसित भेटघाट गर्नुहुने , दुइ पक्षका बीच व्दीपक्षीय सम्बन्ध तथा साझा अभिरुचि भएका अन्तर्राष्ट्रिय र क्षेत्रीय समस्याबारे गहिरो रुपमा विचार विमर्श गरिने कार्यक्रम रहेको कुरा बताउनुभयो ।
थाहा भए अनुसार पैचिंग बाहेक मुखर्जीले चीनको दक्षिण भागमा पर्ने क्वांग चौ शहरको पनि भ्रमण गर्नुहुने छ । क्वांग चौका लागि भारतको महावाणिज्य दूतावासको शुभारम्भ समारोहमा उपस्थित हुनुहुनेछ।
|