चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका अध्यक्ष उ पाङ कोले हालै स छ्वानमा जनताहरुको आवश्यकताको आधारमा भूकम्पको प्रतिरोध र उद्धार कार्य गरिएको कुरा बताउनुभयो।
छब्बीस तारिखका दिनदेखि अठाईस तारिखका दिनसम्म श्री उ पाङ कोले स छ्वानमा स्थानीय नर-नारी तथा अधिकांश उद्धारकर्ताहरुको ख्याल-विचार गर्नुका साथै भूकम्प उद्धार कार्यको निर्देशन गर्नुभएको थियो। उहाँले सम्बन्धित विभागले सबै प्रकोपपीडित ठाँउमा रोगको निवारण प्रणालीलाई स्थापना गर्न निर्दशन दिएको कुरा पनि बताउनुभयो।
|