तीस तारिखका दिन चीनका परराष्ट्र मन्त्री यांग चे ट्रले गणतन्त्र कोरियाका राष्ट्रपति ली म्युंग बाकका साथमा भ्रमण गर्दै प्रकोपग्रस्त क्षेत्र छंग तुमा प्रकोपग्रस्त क्षेत्रको सहायतार्थ बेलायत , क्युबा , जापान र रुसका चिकित्सा टोलीलाई भेट्नुभयो।
सो अवसरमा श्री यांग चे ट्रले भन्नुभयोः चीनको स छुआनमा भयंकर भूकम्प गएपछि अन्तर्राष्ट्रय समाजले चीनलाई मूल्यवान समर्थन र सहायता गरेको छ भने केही मुलुकहरुले छोटो समयमा प्रकोपबाट उद्धार गर्ने अघिल्लो मोर्चामा चिकित्सा टोली खटाएका छन् । ती चिकित्सा टोलीहरुले थकाइ नमानिकनै मृत्युको संघारमा परेका मानिसहरुलाई उद्धार गर्नुका साथै घाइते भएकाहरुलाई उपचार गर्दैछन् । यसबाट विभिन्न मुलुकका जनताले चिनियां जनतालाई देखाएको मैत्रीपूर्ण भावना र मानवीय भावना यथेष्ट रुपमा देखाइएको छ । उनीहरुको चिकित्सा प्रविधि र कार्य परायणको भावनालाई चिनियां चिकित्सकहरुले सराहना गरेका छन् ।
|