
पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योतिलाई आज चि सी जिल्ला तथा व्हाङ्ग शान शहरमा सफलताका साथ घुमाइएपछि चीनको पूर्वी भागको आन व्है प्रान्तमा पनि ज्योति रिले कार्यक्रम सम्पन्न भएको छ।
समारोह शुरु हुनुअघि तत्स्थानका व्यक्तिहरुले वन छ्वानको भूकम्पमा परी मरेका मानिसहरुको सम्झनामा एक मिनेटसम्म मौन धारण गरेका थिए।

पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योति रिले कार्यक्रम आजै बिहान चि सी जिल्लाको "स्याङ्ग युन"चोकमा शुरु भएको हो।
आजै राति ओलम्पिक खेलकुदको पवित्र ज्योति बोकेको विशेष विमान मध्य चीनको हु पै प्रान्तको उ हान शहरतर्फ प्रस्थान गरेको छ।

|