
चीनको भ्रमणमा रहनुभएका गणतन्त्र कोरियाका राष्ट्रपति ली म्युन्ग बाक आज स व्छान् प्रान्तको तु च्यांग येन् शहर पुगेर तत्स्थानको प्रकोपको अवस्थाको निरीक्षण गर्दै प्रकोपग्रस्त सर्वसाधारणलाई सान्त्वना दिनुभएको छ ।

ली म्युन्ग बाकले प्रकोपग्रस्त सर्वसाधारणलाई सान्त्वना दिनका प्रोत्साहनस्वरुप केही शव्दहरु लेख्नुभयो । आफ्नो उक्त शव्दहरुमा उहांले गणतन्त्र कोरियाका जनताको तर्फबाट चीनको प्रकोपग्रस्त क्षेत्रका जनतालाई हार्दिक सान्त्वना व्यक्त गर्दछौं भनि लेख्नुभएको छ । साथै उहांले आँफू र गणतन्त्र कोरियाका जनताले चीनको प्रकोपग्रस्त क्षेत्रका जनताको जीवनबारे धेरै ध्यान् दिएका छन् र सकभरको सहयोग दिन इच्छुक रहेको कुरा पनि उल्लेख गर्नुभएको छ ।

तु च्यांग येन् शहरको भ्रमण सिध्याएपछि ली म्युन्ग बाक आज विशेष विमानव्दारा स्वदेशतर्फ प्रस्थान गर्नुभयो ।

|