 चीनको मध्य भागमा पर्ने हु पै प्रान्तमा आजपैचिंग ओलिम्पिक खेलकुद 2008 को पहिलो दिनको दीप रिले कार्यक्रम सम्पन्न भएको छ।
आजको रिले कार्यक्रम हु पै प्रान्तको सदरमुकाम उ हान्मा चलेको हो । उक्त दीप रिले कार्यक्रममा पहिलो दीपवाहक चीनका ओलिम्पिक खेलकुदका जिम्नेस्टिक च्याम्पियन यांग वै हुनुहुन्छ ।

आजको पैचिंग ओलिम्पिक खेलकुदको दीप रिले कार्यक्रम सुरु हुनभन्दा पहिला सो कार्यक्रममा सहभागी सबैजनाले चीनको स व्छान् प्रान्तमा गएको भूइंचालोबाट मरेकाहरुप्राति श्रद्धान्जलि अर्पण गर्दै मौन धारण गरेका थिए ।
|