
चिनियां कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य तथा चिनियां जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष च्या छिंग लिन्ल हिजो वन् व्छान् भूइंचालोको केन्द्रिय क्षेत्र यन् स्यु बस्ती तथा तु च्यांग येन् शहर जस्ता भयंकर प्रकोपग्रस्त क्षेत्रमा गएर भूइंचालोको अवस्थाको निरीक्षण गर्दै भूइंचालोको प्रतिरोध र उद्धार कार्यको निर्देशन गर्नुभयो ।

त्यसपछि च्या छिंग लिन्ले छन् तुमा विभिन्न प्रजातान्त्रिक पार्टी तथा उद्योग वाणिज्य संघहरुलाई भूइंचालोको प्रतिरोध र उद्धार कार्यमा सहभागी हुने सम्बन्धी छलफल कार्यक्रमको आयोजना गर्नभयो । विभिन्न प्रजातान्त्रिक पार्टी तथा उद्योग वाणिज्य संघका सदस्यहरुले प्रकोपग्रस्त क्षेत्रका लागि सबैभन्दा महत्वपूर्ण र सबैभन्दा जरुरत समस्याको राम्ररी समाधान गर्नतर्फ कम्युनिष्ट पार्टी र सरकारलाई ठोस रुपमा सहयोग दिने आशा च्या छिंग लिन्ले व्यक्त गर्नुभयो ।


|