
चीनका राष्ट्राध्यक्ष हु चिन थाऊले आज कान्सु प्रान्तको लुङ नानमा भूकम्प भएपछिको उद्धार कार्यको निर्देशन गर्नुभएको छ।
आज दिउँसो राष्ट्राध्यक्ष हुले लुङ नान प्रथम जन-अस्पताको अगाडि गाडिएका पालहरुमा घाइते सर्वसाधारण, चिकित्सक तथा उद्धार कार्यमा संलग्न पाकिस्तानी अन्तर्राष्ट्रिय चिकित्सा टोलीका सदस्यहरुलाई अवस्थाबारे सोधपुछ गर्नुभयो। त्यसपछि उहाँले पहाड चढेर लुङ नानको उ तु क्षेत्र जानुभई त्यहाँ भैरहेको उद्धार कार्यको अवलोकन तथा निर्देशन गर्नुभयो।

हिजो राष्ट्राध्यक्ष हुले भूकम्पबाट गम्भीर प्रभावित पल्लो शान सि प्रान्तको नीङ छ्याङ जिल्ला जानुभई त्यहाँका प्रभावित सर्वासाधारण तथा उद्धारकर्ताहरुलाई हेर्नुका साथै त्यहाँका वाल-वालिकालगायत सम्पूर्ण चीनका व्यापक वाल-वालिका तथा वाल-वालिकासम्बन्धी कार्यमा कार्यरतहरुलाई अन्तर्राष्ट्रिय वाल दिवसका उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभयो।
उहाँले चीन सरकारले विविध उपायमार्फत भूकम्पबाट प्रभावित सर्वसाधारणका लागि आवश्यक बन्दोबस्त गर्दै उत्पादनलाई पुनः शुरु गर्ने तथा घरबारको पुनर्निर्माणका क्रममा अवश्य नै सहयोग गर्ने कुरा प्रष्ट पार्नुभयो।
|