
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत राजनैतिक आयोगका सचिव चौ युङ खाङले आज विहान पैचिङ्ग ओलम्पिक खेलकुदको सुरक्षा कार्यको अवस्थाको निरीक्षण गर्नुभयो। सो अवसरमा उहाँले शान्तिपूर्ण ओलम्पिकको लक्ष्यलाई साकार तुल्याउने कुरालाई प्रत्याभूत गर्नुपर्ने कुरामा जोड दिनुभयो।

उहाँले आतंककारी गतिविधि विरुद्धको संघर्ष ओलम्पिकको सुरक्षालाई प्रत्याभूत गर्ने मुख्य विषय भएकाले सम्बन्धित क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई सबल पार्नुपर्ने कुरा बताउनुभयो। यसका साथै, उहाँले मुख्य ठाँउ तथा सार्वजनिक स्थलको सुरक्षालाई पनि प्रवर्द्धन गर्दै आतंककारी गतिविधिमाथि निडर भएर प्रहार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।
|