हिजो एकत्तीस तारिखका दिन चीनको स छुआन प्रान्तको भूकम्पपछिको उद्धारसम्बन्धी पत्रकार सम्मेलनमा त्यस प्रान्तको जल ब्यूरोले के कुरा व्यक्त गरेको छ भने गएको भूकम्पबाट प्रभावित जलाशयहरु र तिनका बाँधहरुको सुरक्षालाई जरुरी उद्धार कार्यहरुको सूचीमा रहिरहेका छन्।
त्यस अवसरमा बोल्दै स छुआन प्रान्तको ब्यूरोका उप-प्रमुख हु युनले भूकम्प भएपछि चीनको जल मन्त्रालयले समस्त चीनबाट ठूलो परिमाणका सम्बन्धित व्यक्तिहरुलाई स छुआन पठाएको छ। उनीहरुले स्थानीय कामदारहरुसँगै मिलेर एक हजार आठ सय तीनवटा जलाशयहरुको चौतर्फी जाँचबुझ गरेका छन्। वर्षा ऋतुमा आउने बाढीलाई रोक्नका लागि प्रभावित वा बिग्रीएका जलाशयहरुमा रहेको पानीको स्तरलाई कम पार्न आग्रह गर्नुका साथै जरुरीरुपमा तिनका मर्मत गरेका छन्। त्यसरी दुई सय बीसवटा जलाशय अब खतरामुक्त भएका छन। थाहा भएअनुसार, प्रभावित वा क्षतिग्रस्त सबै त्यस्तै खालका जलाशयहरुको मर्मत गर्ने कार्य जून महिनाको बीस तारिखभन्दा अघि सम्पन्न हुने छ।
|