हिजो मे एकत्तीस तारिख साँझ दश बजेसम्म चीनको स छुआनको थाङ्ग च्या शानको यान साइ हू तालको पानीलाई जरुरीरुपमा निकाल्ने परियोजनाको निर्माण कार्य सम्पन्न भएको छ।
थाहा भएअनुसार, उक्त परियोजनाअन्तर्गत जम्मा एक लाख तीस हजार क्युविक मिटर माटो खनेर सत्र किलोमिटर लामो बाटो खुला गर्नुका साथै बाटोमा तेर्स्याइएका पैंत्तीस हजारभन्दा बढी क्युवि मिटरका रुखहरुलाई हटाइएको छ। हाल केही उद्धारकर्मीहरु खेप-खेप गरेर त्यहाँबाट बाहिर गइरहेका छन।
त्यहाँका सर्वसाधारणहरुको सुरक्षाको प्रत्याभूतिका लागि म्यान याङ्ग नाउँको क्षेत्रका सबै नब्बे हजार बासिन्दालाई सुरक्षित ठाउँमा सारिसकिएको छ।
|