
स् छुआन प्रान्तसित जोडिएको पल्लो शेन सी प्रान्तको भूइँचालोग्रस्त क्षेत्रको निरीक्षण गर्नुभएपछि चीनका राष्ट्राध्यक्ष हू चिन थाउले कान सु प्रान्तको लोंग नान शहर पुगेर भूइँचालो प्रभावित क्षेत्रका कार्यकर्ता र सर्वसाधारणसँगै प्रकोपपछिको पुनर्निर्माणसम्बन्धी योजनाबारे छलफल गर्नुभयो।
लोंग ना स् छुआन प्रान्तको वन छुआन जिल्लादेखि सबैभन्दा नजिक पर्ने कान सु प्रान्तको ठाउँ हो। त्यो ठाउँ भूइँचालोबाट नराम्ररी प्रभावित भएको छ।

श्री हू चिन थाउले जीपद्बारा उकालो-ओरालो बाटोमा हिंड्दै विनाशकारी भूइँचालोबाट प्रभावित गाउँका घर र अस्पतालहरुको निरीक्षण गर्नुभयो। यस क्रममा उहाँले स्थानीय कार्यकर्ताहरुलाई पुनर्निर्माण कार्य गर्दा राम्ररी गर्न, किसानहरुका घर बनाउँदा भूइँचालो प्रतिरोधी क्षमता बढाएर बनाउन र गाउँलेहरुको खानेपानीको समस्याको समाधान राम्ररी गर्न आदेश दिनुभयो।
श्री हू चिन थाउले लोंग नान नगर प्रथम जन-अस्पतालमा खडा गरिएको पाल अस्पतालमा जानुभई घाइतेहरु र चिकित्सकहरुलाई हेर्नुभयो, र विशेष गरी त्यस अस्पतालमा सहयोग गरिरहेका पाकिस्तानी अन्तर्राष्ट्रिय चिकित्सा टोलीका सदस्यलाई चीन सरकार र चिनियाँ जनताकातर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।
सोही दिन बेलुकी राष्ट्राध्यक्ष हू चिन थाउले रेलमै एउटा बैठक बोलाई आवश्यक निर्देशन दिनुभयो।
|