 यस वर्षको मे एकतीस तारिखसम्म भूकम्पग्रस्त स छ्वान प्रान्तका दश हजारभन्दा बढी घाइतेहरुलाई चीनका बीसवटा प्रान्त, स्वायत्त प्रदेश तथा केन्द्रशासित नगरमा सारिएको छ जसबाट उनीहरुलाई निरन्तररुपमा उपचार गर्नसकियोस। चिनियाँ स्वास्थ्य मन्त्रालयका प्रवक्ता माउ छ्वुन आनले चीन सरकारको वेभ-साइटसङ्ग कुराकानी गर्दै उक्त कुरा वताउनुभएको हो।
उहाँका अनुसार, घाइतेहरुको उपचारका क्रममा स छ्वान प्रान्तको दबाउलाई घटाउनका लागि मे सत्र तारिखदेखि एकतीस तारिखसम्म चिनियाँ स्वास्थ्य मन्त्रालयले पाँच हजारभन्दा बढी चिकित्सकहरुको प्रयोग गरी चीनका तीन सय चालीसभन्दा बढी अस्पतालमा घाइतेहरुलाई सारेको छ।
प्रवक्ता माउ छ्वुन आनका अनुसार, घाइतेहरुलाई सारिएको कुराले घाइतेहरुको उपचार गर्ने वातावरणमा भ्याएसम्म सुधार गर्न, घाइतेहरुको स्वास्थ्यको संरक्षण गर्न, घाइतेहरुको उपचार गर्ने स छ्वान प्रान्तको दबाउलाई घटाउन तथा पुन:निर्माण कार्यलाई अघि बढाउनका लागि उपयोगी वातावरण तयार पारेको छ।
|