चीनको राज्य परिषद अन्तर्गत भूकम्प उद्धार निर्देशनालयमा आधारभूत प्रबन्धको पुनर्स्थापना कार्यसम्बन्धी जिम्मेवार व्यक्ति एवम् राष्ट्रिय ऊर्जा श्रोत ब्यूरोका प्रमुख चाङ पाउ कोले आज स छुआनको सदरमुकाम छङ तुमा बोल्दै स छुआनमा गएको भूकम्पबाट प्रभावित क्षेत्रमा विजुलीको आपूर्तिलाई प्रत्याभूत गरिने कुरा बताउनुभएको छ।
उहाँले ती क्षेत्रमा ग्रीष्म ऋतुमा विजुलीको माँग बढ्दैजाने क्रममा विजुलीको आपूर्ति अबरुद्ध नहुने वचन दिनुभएको छ।
उहाँले ती क्षेत्रमा कोइला, विजुली, पेट्रोलको मँगलाई पूरा गर्न राज्य परिषदले विशेष बन्दोबस्त गर्ने कुरा बताउनुभएको छ।
|