स छुआनको वन छुआन जिल्लामा गएको भूकम्पबाट प्रभावित व्यवसायहरुले हालै लगाताररुपमा उत्पादन कार्य पुनः शुरु गरेका छन।
प्राप्त तथ्याङ्कअनुसार, यस पटकको भूकम्पका कारण बीस हजारवटा व्यवसायहरु प्रभावित भएका छन र प्रत्यक्ष आर्थिक क्षति सत्तसट्ठी अरब चिनियाँ युआन बराबर भएको बताइएको छ।
गत सत्ताइस तारिखदेखि स्टक बजारमा प्रवेश भएका स छुआनका व्यवसायहरुको शेयरको किनमेल पुनः शुरु भएको छ।
हालै अर्थ मन्त्रालय र कर ब्यूरोले भूकम्पपछि पुनर्निर्माणका क्रममा कर समस्यासम्बन्धी सूचना वितरण गरेका छन। उद्योग तथा वाणिज्य ब्यूरोले भूकम्पबाट प्रभावित क्षेत्रको उत्पादन पुनः शुरु गर्ने र बजारलाई सक्रिय पार्ने बाह्रवटा कदम चालिरहेका छन। ती कदमहरुले प्रकोपग्रस्त व्यवसायहरुले आफूलाई बचाउने राम्रो वातावरण सिर्जना गरेका देखिन्छ।
|