चीनको स्वास्थ्य मन्त्रालयका प्रवक्ता माउ छ्युन आनले आज पैचिङ्गमा बोल्दै खानेपानीको सुरक्षा भूकम्पपछि प्रभावित क्षेत्रमा सरुवा रोग फैलिन नदिने महत्वपूर्ण भाग भएको विचार व्यक्त गर्नुभएको छ।
उहाँका अनुसार, प्रकोप प्रभावित ती क्षेत्रमा सर्वसाधारणको खानेपानीको अनुगमन गरिनुका साथै केही पानीका मूलको पनि अनुगमन तथा जाँच गरिइरहेको छ जसबाट खानेपानीको सुरक्षालाई प्रत्याभूत गर्नसकियोस्।
|