चीनको स् छुआन प्रान्तको भूइंचालोग्रस्त क्षेत्रका उन्नान्नब्बेजना बालबालिकाहरु र सोह्रजना शिक्षक-शिक्षिकाहरुले हाई नान प्रान्तको सान या शहरमा पुगेर पन्ध्र दिने मनोवैज्ञानिक उपचार गर्न थालेका छन।
प्राकृतिक दृश्य एकदमै सुन्दर र रमणीय रहेको हाई नान प्रान्त मनोवैज्ञानिक स्वास्थ्यलाभका लागि एकदमै सुहाउँदो ठाउँ हो।
ती केटाकेटीहरुले यस अवधिमा हाई नान प्रान्तका विभिन्न ठाउँमा गएर यात्रा गर्नुका साथै मनोविज्ञानवेत्ताले दिएको मनोवैज्ञानिक तालिम लिनेछन।
|