चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्य ली छांग छुनले आज बिहान स् छुआन प्रान्तको तु च्याँग येनमा पुगेर अर वाँग मन्दिर लगायतका पुरातात्विक साँस्कृतिक वस्तुहरु क्षति भएको स्थिति बारे निरीक्षण गर्नुभयो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव हू चिन थाउको निर्देशानुसार श्री ली छांग छुनले जुन एक तारिखदेखि विशेष गरी स् छुआन प्रान्तको भूइंचालोग्रस्त क्षेत्रहरुको निरीक्षण गर्ने कार्यमा लागिरहनुभएको छ। यस क्रममा उहाँले त्यहाँका कार्यकर्ता र सर्वसाधारणहरु तथा उद्धारकर्ताहरुलाई भट्नुका साथै निर्देशन पनि दिनुभयो।
उहाँले पार्टी र सरकारले अवश्य नै प्रकोप प्रभावित नरनारीहरुलाई थातथलोको निर्माण गर्नमा सहयोग पुर्याउने कुरा व्यक्त गर्नुभयो।

जुन एक अन्तर्राष्ट्रिय बाल दिवसका दिन श्री ली छांग छुनले मेन याँग नगर तेश्रो जन अस्पतालमा उपचार गरिरहेका बालबालिकाहरुलाई पनि हेर्नुभयो। साथै उहाँले समाचार टिप्न जुटी रहेका पहिलो मोर्चामा कार्यरत पत्रकारहरुलाई पनि भट्नुभयो।
|