china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    मानव अधिकारको संरक्षण गर्दैजानु चीनको अडान र नीति
    (GMT+08:00) 2008-06-03 18:24:46    

          चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलानमा बोल्दै मानव अधिकारको संरक्षण गर्दैजानु चीनको अनन्त नीति र अडान रहँदैआएको कुरामा जोड दिनुभएको छ।

          केही पत्रकारद्बारा सोधिएको एक प्रश्नको जवाफ दिंदै उहाँले चीन सरकारले निरन्तररुपमा आफ्नो देशका नागरिकहरुको मानव अधिकारको संरक्षण गर्दै र त्यसलाई पूर्णता दिंदैआएको छ जसको निर्णय अरु कुनै मुलुक, कुनै समूदाय, कुनै संगठन वा कुनै पनि व्यक्तिको इच्छाअनुसार गर्ने होइन भन्नुभयो। त्यसका साथै कुनै मुलुक, कुनै समूदाय, कुनै संगठन वा कुनै पनि व्यक्तिले निर्धारण गरेको मापदण्डका आधारमा चीनको मानव अधिकारको मूल्याङ्कन गर्नु नहुने कुरामा उहाँले जोड दिनुभयो। चीनले सधैं नै अटलताका साथ मानव अधिकारको विकास गर्दैआएको कुरा उहाँले औंल्याउनुभयो।

          चीनले मानव अधिकारको नाउँमा दवाव दिने, यस सन्दर्भमा दोहोरो मापदण्ड अपनाउने र अरु मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुराको सधैं दृढ विरोध गर्दैआएको कुरा उहाँले स्पष्ट पार्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040