चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीन संयुक्त राष्ट्र संघको दृढ समर्थक हो र त्यसले अन्तर्राष्ट्रिय मामिलाहरुमा महत्वपूर्ण भूमिका खेल्ने कुराको चीनले दृढ समर्थन गर्दैआएको छ र गर्दैजाने छ भन्नुभयो।
"चीन संयुक्त राष्ट्र संघको एक तगारो हो" भन्ने तथाकथित भनाइको खण्डन गर्दै उहाँले के कुरा औंल्याउनुभयो भने, चीन संयुक्त राष्ट्र संघको प्रवर्तक मुलुक हो र संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदका पाँचवटा स्थायी सदस्य-मुलुकहरुमध्येको एक पनि हो। त्यसैले चीनले शुरुदेखि नै संयुक्त राष्ट्र संघको वडापत्रको लक्ष्य र सिद्धान्तको संरक्षण गर्दैआएको छ र अन्तर्राष्ट्रिय सम्बन्धको मापदण्डअनुसार वैदेशिक सम्बन्धको संचालन गर्दैआएको छ। त्यति मात्र नभई चीनले सधैं नै आफूले पालना गर्नुपर्ने कर्तव्य र अधिकारको इमान्दारीपूर्वक पालना गरी चौतर्फी र गहनरुपमा संयुक्त राष्ट्र संघका विभिन्न कार्यहरुमा सहभागिता जनाउँदैआएको छ।
|