china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालका सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महरा चीन भ्रमणका क्रममा नेपालबाट चीन आउनु भएको छ
    (GMT+08:00) 2008-06-03 20:41:08    
          सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महरा मित्रराष्ट्र चीनको भ्रमणमा प्रस्थान गर्नुभएको छ। चीन प्रस्थान गर्नु अगाडि सि.आर.आई.सँग कुरा गर्दै मन्त्री महराले आफ्नो चीन भ्रमण निजी भए पनि दुई देशको पारस्पारिक सहयोगका बारेमा भ्रमण फलदायी हुने बताउनुभयो।

          मन्त्री महराले चीन नेपालको सदियौँदेखिको मित्र रहेको तथा नेपालको विकासमा चीनको भूमिका अद्बितीय रहेको पनि बताउनुभयो। 

          नेपालको सधैँ भलो चिताउने चीनले नेपालमा दिगो शान्ति, स्थायित्व र विकास भएको हेर्न चाहेको बताउँदै मन्त्री महराले अहिलेको नेपालको राजनीतिक विकासक्रमका बारेमा आफूले पैइचिङ्गमा व्याख्या गर्ने बताउनुभयो ।

          मन्त्री महरा चीन भ्रमणका लागि गत मे 31 तारिख शनिबार चीनको भ्रमणमा प्रस्थान गर्नुभएको हो। उहाँको अनुपस्थितमा उहाँले सम्हाली आउनु भएको मन्त्रालय स्थानीय विकास मन्त्री देव गुरुङले सम्हाल्ने गरी प्रधानमन्त्रीद्बारा तोकिएको छ।

          यसैबीच संविधानसभाको पहिलो बैठकद्बारा घोषित संघीय गणतान्त्रिक नेपाललाई चीन सरकारले समर्थन गर्दै निर्णयको स्वागत गरेको छ। सो सम्बन्धी चिनियाँ परराष्ट्र मन्त्रालयद्बारा प्रेसित पत्र प्राप्त भएको परराष्ट्र मन्त्रालयको चिनियाँ डेक्सले सि.आर.आई.लाई बताएको छ।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040