चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै कोरियाली प्रायद्बीपको आणविक समस्यासम्बन्धी छ-पक्षीय वार्ताका सामु नयाँ मौका देखापरेकाले सम्बन्धित पक्षले वैचारिक आदान-प्रदान तथा समन्वयलाई अरु सबल पारेर छ-पक्षीय वार्तामा अझ बढी उपलव्धि हासिल गर्ने आशा व्यक्त गर्नुभएको छ।
श्री छिनका अनुसार, गत महिनाको अन्तमा छ-पक्षीय वार्ताअन्तर्गत चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख एवम् चीनका उप-विदेश मन्त्री उ दा वैले पेइचिङ्गमा अमेरिका, उत्तर कोरिया, दक्षिण कोरिया र जापानका वार्ता टोली प्रमुख र चीनका लागि रुसी राजदूतसँग बेग्ला-बेग्लै वार्ता गरेर दोश्रो चरणको वार्तामा समाधान गर्न बाँकी रहेका विषयहरुलाई कसरी चौतर्फी तथा संतुलितरुपमा व्यवहारमा उतार्ने र भविष्यमा छ-पक्षीय वार्तालाई कसरी अघि बढाउने भन्ने कुराबारे वैचारिक आदान-प्रदान गर्नुभएको थियो। यी पक्षहरुले पनि द्बीपक्षीय वार्ता गरेका थिए। सम्बन्धित पक्षले आफ्नो वचनबद्धतालाई व्यवहारमा उतार्नुका साथै छ-पक्षीय वार्तामा प्रगति हासिल गर्नलगाउने इच्छामा कुनै परिवर्तन नभएको ठहर चीनले लिएको छ। निरन्तररुपमा रचनात्मक भूमिकाका माध्यमबाट उक्त वार्तालाई सफल पार्ने प्रयास सबै पक्षले गर्ने आशा चीनले गरेको छ।
|