चीनको राज्य परिषदको सूचना कार्यालयले आज तीन तारिख दिउँसो राज्य परिषदअन्तर्गत भूकम्प विरोधी उद्धार प्रधान निर्देशनालयको आदेशानुसार सार्वजनिक गरेको जानकारीअनुसार, आज तीन तारिख बाह्र बजेसम्म चीनको स छुआनको वन ठुआनमा भएको विनाशकारी भूकम्पमा परी उनान्सत्तरी हजार एक सय सातजना मानिसको मृत्यु भएको छ।
सोही समयसम्म चीनले स्वदेश र विदेशबाट चन्दास्वरुप प्राप्त गरेको रकम र सामग्रीको मोलको हिसाब गर्दा जम्मा बयालीस अरब तीस करोड चिनियाँ युआन पुगेको छ जसमध्ये बाह्र अरब दश करोड चिनियाँ युआन प्रकोपग्रस्त क्षेत्रतर्फ पठाइसकेको छ।
|