चीनको सछुआनमा भएको भूकम्पबाट प्रभावित क्षेत्रका उनानब्बेजना वाल-वालिका, सोह्रजना शिक्षक-शिक्षिकाले हिजो दिउँसो चीनको दक्षिणी भागमा पर्ने हान नान प्रान्तको सुन्दर शहर सान या पुगेर पन्ध्र दिने मानसिक उपचार सेवा प्राप्त गर्नथालेका छन।
प्राप्त अर्को समाचारअनुसार, सछुआनमा भएको भूकम्पबाट प्रभावित क्षेत्रका उन्नाइसजना विद्यार्थीले यसै महिनाको सोह्र तारिखका दिन रुस गई त्यहाँ उपचार सेवा हासिल गर्ने योजना छ। ती विद्यार्थीहरुले रुसको ऐतिहासिक स्थलको भ्रमण गर्नेछन।
|