चिनियाँ भूकम्प विरोधी उद्धार रकम र सामग्री अनुगमन नेतृत्व टोलीका प्रमुख ह युङ्गले आज पैचिङ्गमा बोल्दै के कुरामा जोड दिनुभएको छ भने, उद्धार रकम र सामग्री साँच्चिनै प्रकोपग्रस्त क्षेत्र र प्रकोप प्रभावित व्यक्तिहरुका लागि प्रयोग गर्ने कुरालाई प्रत्याभूति गर्नुपर्छ र त्यसैले कडाइसाथ यसबारे जाँचबुझ गर्नुपर्छ।
त्यसरी त्यसबारे जाँचबुझ र अनुगमन गर्नका लागि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत अनुशासन समितिको अनुगमन एकाइले दुईवटा विशेष जाँचबुझ टोलीलाई स छुआन, केन्द्रीय सरकारका सम्बन्धित अंग, सामाजिक समूदाय र एकाइहरुतिर पठाएको छ।
थाहा भएअनुसार, ती रकम र सामग्रीको प्रयोग गर्दा कानून विपरीत गरिएको थाहा पाएमा निकै कडाइका साथ कार्वाही गरिने छ।
|