चीनका प्रधान मन्त्री एवम् राज्य परिषद अन्तर्गत भूकम्प विरोधी उद्धार कार्यको प्रधान निर्देशनालयका प्रधान निर्देशक वन च्या पोले आज तीन तारिखका दिन पैचिङ्गमा सो प्रधान निर्देशनालयको सोह्रौं बैठकको अध्यक्षता गरी उत्पादनको पुनर्स्थापना गर्ने व्यवस्था गर्नुभएको छ। उक्त बैठकमा "वन ठुआनमा भूकम्प भएपछि पुनर्निर्माणसम्बन्धी योजनाको कार्य-प्रस्ताव" बारे छलफल गरिएको छ।
उक्त बैठकले के कुरा औंल्याएको छ भने, प्रकोपग्रस्त क्षेत्रका नागरिकहरुको जीवनको अवस्थालाई राम्रोसित व्यवस्थित गर्नुका साथै जोडतोडसित उत्पादन कार्य गर्नुपर्छ।
|