
पैचिंग ओलम्पिक खेलकुदका लागि खाद्यपदार्थको सुरक्षासम्बन्धी समस्यालाई मानिसहरुले सधैं नै ख्याल-दृष्टि पुर्याउँदैआएका छन। फेब्रअरी एक्काइस तारिख पैचिंग नगरपालिका तथा पैचिंग ओलम्पिक खेलकुद संयोजन समितिका सम्बन्धित अधिकारीले पैचिंगमा बोल्दै पैचिंग ओलम्पिक खेलकुदका लागि खाद्यपदार्थको सुरक्षालाई चौतर्फीरुपमा प्रत्याभूत गर्ने कुरा बताउनुभयो।

सन् 2001 मा पैचिंगले उनान्तिसौं ग्रीष्मकालीन ओलम्पिक खेलकुदको आयोजना गर्ने अधिकार पाएदेखि यता विश्वमा सबैभन्दा ठूलो यस खेलकुदको बेरोकटोकका आयोजना गर्नका लागि पैचिंग नगरपालिका र पैचिंग ओलम्पिक खेलकुद संयोजन समितिले दत्तचित्त भएर तयारी गर्दैआएका छन्। खाद्य पदार्थको सुरक्षा मानिसहरुको स्वास्थ्यसित घनिष्ठ सम्बन्धित भएकाले त्यो तयारी कार्यमध्येको एकदमै महत्वपूर्ण काम हो। सन् 2005 देखि पैचिंग नगरपालिकाले "ओलम्पिक खेलकुदका खाद्यपदार्थको सुरक्षासम्बन्धी गतिविधि कार्यक्रम"को तर्जुमा गरी त्यसलाई लागू गर्दैआएको छ। बितेका तीन वर्षमा समस्त शहरमा पैचिंग नगरपालिकाले खाद्यपदार्थको सुरक्षाको अनुगमन र व्यवस्थापन गर्ने दीर्घकालीन पद्धतिको स्थापना पनि गरेको छ। पैचिंग शहरको खाद्यपदार्थको सुरक्षा कार्यालयका प्रेस प्रवक्ता श्रीमती थांग युन् व्हाले हाल पैचिंगमा पत्रकारहरुलाई पैचिंग शहरको खाद्यपदार्थको सुरक्षासम्बन्धी सञ्जालको अनुगमन र नियन्त्रण व्यवस्थाको सन्चालनबारे जानकारी दिनुभयो। उहाँका अनुसार, पैचिङ शहरले बजारमा खाद्य पदार्थ भित्र्याउनका लागि गम्भिर व्यवस्थाको लागू गरेको छ भने खाद्य पदार्थको सुरक्षामाथि गर्ने अनुगमन खाद्यपदार्थको उत्पादन मूहानसम्म पुगेको छ। श्रीमती थांग युन ह्वा भन्नुहुन्छ,
मुहानमा रहने पशुपालक क्षेत्रका लागि पशु पालनको अवस्था, औषधिको उपयोग गर्ने अवस्था, संसर्गरोधको अवस्था तथा दानाको आपूर्तिको अवस्थालाई हामीले एकीकृतरुपमा अनुगमन र व्यवस्थापन गर्छौं जसबाट पशु-पालनको मुहान क्षेत्रमा कुनै पनि अनावश्यक औषधिको प्रयोग नगरिएको होस, अर्थात् पशु पालनको मुहान क्षेत्रमा दाना र मासुको सुरक्षालाई प्रत्याभूत गर्नसकियोस।

पैचिंग नगरपालिकाका अधिकारीका अनुसार, हाल पैचिंगमा लागू भएको "राजधानीको खाद्यपदार्थको सुरक्षासम्बन्धी मापदण्ड"को नियम अन्तर्राष्ट्रिय खाद्यपदार्थको सुरक्षाको नियभभन्दा पनि कडा छ। पैचिंग खाद्यपदार्थको सुरक्षाको अनुगमन र नियन्त्रण केन्द्रका प्रमुख लु युंगले उपमाका साथ उक्त भिन्नताबारे जानकारी दिनुभयो। उहाँ भन्नुहुन्छ:
जस्तो भनौं मासुमा बाँकी रहेका "मासु बढाउने धूलो औपधि"जस्तो औषधिबारे हामीहरुले अपनाएको मापदण्डअनुसार, मासुको जाँच-बुझ गर्दा त्यस्तो धूलो भेटिनु हुँदैन, तर केही मुलुकहरुमा त्यसका लागि खालि परिमाणमा मात्र सीमित गरिएको छ। जस्तो भनौं, केही मुलुकहरुमा मासूमा पचास पी पी बि को उक्त धूलो औपधि पत्ता लागे पनि पारित हुन्छ।
|