
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्य ली छांग छुनले भूइंचालोग्रस्त क्षेत्रका बासिन्दाहरुको अटलता र आत्मबलबाट समस्त चीन प्रभावित भएको विचार व्यक्त गर्नुभयो। उहाँले हिजो स् छुआन प्रान्तको भूइंचालोग्रस्त क्षेत्रको निरीक्षण गर्दा उक्त कुरा बताउनुभएको हो।
सो अवसरमा उहाँले भूइंचालोग्रस्त क्षेत्रका सर्वसाधारणहरुसंग आफ्नो मनोभावनालाई फस्टाउँदै आत्म उद्धार गर्दै आफ्नो जन्मथलोलाई झन् सुन्दर पार्न प्रयास गर्ने अपेक्षा व्यक्त गर्नुभयो।
जुन एकदेखि तीन तारिखसम्म श्री ली छाँग छुनले अघि पछि गरी स् छुआन प्रान्तको मेन याँग, त याँग र छंग तुको स्थलगत निरीक्षण गर्नुभयो र प्रकोप प्रभावित क्षेत्रका कार्यकर्ता, नरनारी तथा उद्धाककर्मीहरुलाई साँत्वना दिनुभयो।
|