चीनको निजामती मन्त्रालय अन्तर्गत उद्धार व्यूरोका प्रमुख वाङ्ग चङ्ग याउले आज पैचिङ्गमा बोल्दै चीनले अरु मुलुकहरुबाट चन्दास्वरुप प्रदान गरिएको रकम र सामानलाई लिई साँच्चिनै प्रकोपग्रस्त क्षेत्रका नागरिकहरुका लागि उपयोग गराउन प्रत्याभूति गर्दछ भनेर दावी गर्नुभएको छ।
उहाँले चीनको राज्य परिषदको सूचना कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
थाहा भएअनुसार, आज बाह्र बजेसम्म चीन सरकारले स्वदेश र विदेशका विभिन्न क्षेत्रहरुबाट प्राप्त गरेको रकम र सामानको मोल त्रिचालीस अरब साठी करोड चिनियाँ युआन पुगेको छ। त्यसमध्ये अन्तर्राष्ट्रिय समाजबाट प्रदान गरिएको सहयोग चार अरब सत्तरी करोड चिनियाँ युआन छ।
|