आज चार तारिखका दिन पैचिङ्गमा आयोजित चीनको राज्य परिषदको स्थायी समितिको बैठकले "वन ठुआनमा भूकम्पपछि पुनर्निर्माणको नियमको मसौदा" सैद्धान्तिक रुपमा पारित गरेको छ।
चीनका प्रधान मन्त्री वन च्या पोले त्यस बैठकको अध्यक्षता गर्नुभएको थियो।
थाहा भएअनुसार, सो भूकम्पमा परी मारिएकाहरुको संख्या आज चार तारिख दिउँसो बाह्र बजेसम्म उन्नसत्तरी हजार एक सय बाईस पुगेको छ।
|