पछिल्ला केही दिनदेखि स छ्वानमा गएको भूकम्पबाट क्षतिग्रस्त भएका क्षेत्रमा जताततै पुन:निर्माण तथा आफ्नो उद्धार कार्य गरिरहेको कुरा देखिन्छ।
थाहा भए अनुसार, स छ्वानमा गएको भूकम्पबाट क्षतिग्रस्त भएका क्षेत्रका उद्योग तथा व्यवसायको पुन:संचालन कार्यबारे समय-तालिका निर्धारण गरिएको छ। त्यसका अनुसार, एक महिनामा भूकम्पग्रस्त व्यवसायहरुको अवस्थालाई छानबीन गरिने छ भने तीन महिनामा भित्र केही व्यवसायको पुन:संचालनका लागि सहायता दिइने छ र एक वर्ष भित्रमा सबै व्यवसायहरुको पुन:संचालन कार्य चौतर्फी रुपमा थाल्नेछ।
स छ्वान प्रान्तको भूकम्प उद्धार सम्बन्धी निर्देशन विभागका अनुसार, अहिलेसम्म छंग तु शहरमा पुन:संचालन भएका व्यवसायहरु छंग तुको सम्पूर्ण व्यवसायहरुमध्येको पन्चान्नव्वे प्रतिशत रहेको छ भने त यांग र मेन यांग दुइ वटा शहरमा साठी प्रतिशत भन्दा बढी व्यवसायहरु पुन:संचालनमा आएका छन।
|