थाँग च्या शान पर्वतमा रहेको क्विक लेक अर्थात भूकम्पबाट बनेको तालको पानीको मात्रा बीस करोड क्युविक मीटरभन्दा बढी पुगेको छ र पानीको रेखा सत्तरी मीटरलाई नाघेको छ र बाँधबाट पानी चुहिने स्थिति पनि देखा परेको छ। ठूलो भूकम्पपछिका ससाना लहरी भूकम्पहरु उत्पन्न भएको, माथिल्लो भागमा बढी पानी परेको र बाँधको भौगर्भिक अवस्था खुकुलो बनौटमा रहेको आदि अनिश्चित कारकतत्वले गर्दा क्विक लेक अर्थात भूकम्पबाट बनेका तालको बाँध भत्कने सम्भावना निरंतर रुपमा बढीरहेको देखिन्छ।
थाँग च्या शान पर्वत स् छुआन प्रान्तको पै छुआन जिल्लेदेखि त्यतिको टाढा छैन। मे बाह्रको विनाशकारी भूकम्पले गर्दा गएको पैरोले चेन च्याँग नदीलाई पुरिएको हुँदा त्यहाँ एउटा धेरै ठूलो क्विक लेक बनेको छ।
थाहा भए अनुसार मे एकतीस तारिखदेखि थाँग च्या शान पर्वतदेखि तल्लो क्षेत्रमा पर्ने मेन याँग शहरबाट दुइ लाख पचास हजारभन्दा बढी नरनारीहरुलाई स्थानान्तरण गरिसकिएको छ।
|