पैचिंग ओलिम्पिक ज्योतिलाई सगरमाथामा पुर्याइएको रिले कार्यक्रममा तेश्रो ज्योतिवाहक निमा त्सेरिंगले ओलिम्पिकको ज्योतिलाई सगरमाथामा पुर्याइको कुरा एउटा वातावरण संरक्षणरुपी पर्वतारोहण हो र त्यस पर्वतारोहरुका गतिविधिका क्रममा कुनै पनि फोहोर कसिंगर छोडिएको छैन भन्नुभयो।
श्री निमा त्सेरिंग तिब्बत पर्वतारोहण विद्यालयका कुलपति हुनुहुन्छ। उहाँले हिजो तिब्बतको भ्रमणमा गएका हङ्गकङ्ग, मकाउ र थाइवानका पत्रकारसितको अन्तर्वार्तामा उक्त कुरा बताउनुभएको हो।
यस पटकको पर्वतारोहणबाट पद-चिन्ह मात्र छोडिएको कुरा पनि श्री निमा त्सेरिंगले बताउनुभयो।
|