चीनको राज्य परिषदको सूचना कार्यालयका प्रवक्ता को वै मिनले आज पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चीनको स छुआनको वन ठुआनमा गएको विनाशकारी भूकम्पमा परी मारिनेहरुको संख्या आज पाँच तारिख बाह्र बजेसम्म उनान्सत्तरी हजार एक सय सत्ताइस पुगेको जानकारी नागरिक निजामती मन्त्रालयले दिएको कुरा बताउनुभयो।
सो प्रकोपमा परेका सत्र हजार नौ सय अठारजना अझै बेपत्ता भएको र प्रकोप प्रभावितहरुको संख्या चार करोड सत्ताउन्न लाख दश हजार पुगेको जानकारी पनि उहाँले दिनुभयो।
|