चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गलेल आज पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दार्फुर समस्याको समाधान सम्बन्धित मुलुकहरुले संयुक्त प्रयासका आधारमा मुनासिबरुपमा गर्ने आशा चीनले गरेको कुरा बताउनुभयो।
त्यस अवसरमा पत्रकारद्बारा सोधिएको एक प्रश्नको जवाफ दिंदै उहाँले चीनले शुरुदेखिनै सुडानको भू-भागको अखण्डता र सार्वभौमिकताको सम्मानका आधारमा वार्ता र छलफल मार्फत मुनासिबरुपमा दार्फुर समस्याको समाधान गर्नुपर्छ भन्ने सिद्धान्तलाई कामय राख्नुका साथै त्यसका लागि सकारात्मक प्रयास गर्दैआएको कुरा बताउनुभयो।
|