
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एशिया-प्रशान्त क्षेत्रका सम्बन्धित मुलुकहरुको साझा प्रयासमार्फत आपसी हितलाई साकार तुल्याउने आशा चीनले गरेको कुरा बताउनुभयो।
अस्ट्रेलियाली प्रधान मन्त्री केभिन रुदले प्रस्तुत गर्नुभएको "एशिया-प्रशान्त समुदाय" स्थापना गर्ने प्रस्तावबारे सोधिएको प्रश्नको जवाफ दिँदा श्री छिन काङले क्षेत्रीय सहयोगलाई सबल पार्नु वर्तमान प्रवृत्ति हो र आपसी हितलाई साकार तुल्याउने लक्ष्यका लागि हितकर सबै प्रस्तावका बारेमा चीनले खुला अडान लिएको कुरा प्रष्ट पार्नुभयो।
|