
चीनको आबास र नगर-ग्रामीण क्षेत्रको निर्माण उप-मन्त्री ची चीले आज पैचिङ्गमा बोल्दै चीनको आबास र नगर-ग्रामीण क्षेत्रको निर्माण मन्त्रालय र सम्बन्धित एकाइहरुको तत्वावधनमा भूकम्पपछिको पुनर्निर्माण योजनाको कार्य शुरु भइसकेको जानकारी दिनुभयो।
उहाँको भनाइअनुसार, उक्त कार्य मुख्यरुपमा नगर-बस्ती र ग्रामीण क्षेत्रको निर्माण आदि क्षेत्रहरुसित सम्बन्धित छ। उक्त योजनाले प्रकोपग्रस्त क्षेत्रका नगरहरु र जिल्लाका नगर आदिको निर्माण र पुनर्निर्माणको परिमाण, निकै प्रभावित नगर वा बस्तीहरुलाई अरु ठाउँमा सार्ने स्थानको छनौट, ग्रामीण क्षेत्रका नागरिकहरुका आबासको बनौट र परिमाण, ग्रामीण क्षेत्रका बाटो, पानी र विद्युत वितरण एवम् फोहर पानी सफा गर्ने तथा फ्याँकिएका रद्दी पदार्थहरुलाई व्यवस्थित पार्ने आदि कुराहरुबारेको प्रस्तावित योजनालाई स्पष्ट पारिसकेको छ।
|